रनको रफ्तार बढाउँदै युएईका ब्याटर, अली र बसिलबीच अर्धशतकीय साझेदारी

टी-२० ट्र्यांगुलर सिरिज

बुधबार, १ कार्तिक, २०८०
डिजिटल संस्करण

लगातार अन्तरालमा विकेट गुमाएपछि दबाबमा आएको युएईले क्रिजमा टिक्दै रनको रफ्तार बढाउन थालेको छ । 

एक समयमा ८.४ ओभरमा ५४ रनको अवस्थामा चौथो विकेट गुमाएको युएईले पाँचौँ विकेटका लागि अर्धशतकीय साझेदारी गरेको छ । 

मध्यक्रमका अली नासिर र बसिर हमिदले ४३ बलमा ५० रनको साझेदारी गरेपछि युएई १६ ओभरमा चार विकेट गुमाएर एक सय आठ रनको अवस्थामा पुगेको हो । यी दुईले दीपेन्द्रसिंह ऐरी र अविनाश बोहf]राविरुद्ध केही राम्रा सट प्रहार गर्दै रन बटुले । दीपेन्द्रको एकै ओभरमा नासिरले दुई छक्का प्रहार गरे ।

सुझावित समाचार