निम्बसले भित्र्यायो ओकाया विद्युतीय स्कुटर

बुधबार, १ कार्तिक, २०८०
डिजिटल संस्करण

निम्बसले विद्युतीय स्कुटर ओकाया नेपाली बजारमा भिर्याएको छ । कम्पनीले स्कुटरका सबै उपलब्ध मोडेल नेपालमा भित्र्याएको हो । 

कम्पनीले ओकाया स्कुटरले एकपटकको चार्जमा १४० देखि १६० किमिको रेन्ज र भारसहित ७० किमि प्रतिघन्टाको उच्च गति दिने जनाएको छ । अत्याधुनिक प्रविधियुक्त २०००डब्लु– बिएलडिसी–हब मोटरद्वारा सञ्चालित र ४ किलोवाट आवरको लिथियम आयन ब्याट्री रहेकाले यसले अत्याधुनिक प्रविधि पछ्याएको कम्पनीको दाबी छ । स्कुटरमा ब्याट्री र मोटर दुवैमा तीन वर्षको वारेन्टी रहेको जनाइएको छ । 

ओकाया स्कुटर मेटालिक ब्ल्याक, मेटालिक स्यान, म्याट ग्रिन, मेटालिक ग्रे, मेटालिक सिल्भर र मेटालिक सेतो गरी ६ रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

ओकाया इलेक्ट्रिक भेइकल्सले भारतमा निर्माण गरेको यो स्कुटर दुई लाख ४० हजारदेखि तीन लाख ७५ हजारसम्म मूल्यका तीनवटा मोडल उपलब्ध रहेको जनाइएको छ । निम्बसका निर्देशक प्रदीपकुमार अग्रवालले भने, ‘ओकायाको सुरुवातसँगै हामीले सबैभन्दा सुरक्षित इ–स्कुटर नेपालमा भित्र्याएका छौँ । 

यसको विशिष्ट र भरपर्दो सुरक्षा सुविधासँगै हामीले उपभोक्ताको ठूलो समूहलाई अपिल गरेका छौँ । हामी विश्वस्त छौँ कि यो खालको किफायती मूल्यमा विद्युतीय गतिशीलतामा आफूलाई अनुकूलित गर्न चाहने मानिसका लागि ओकाया स्कुटर उत्तम विकल्पका रूपमा देखा पर्नेछ ।’

सुझावित समाचार