३ प्रश्न

बुधबार, १ कार्तिक, २०८०
डिजिटल संस्करण

कोशी प्रकरणपछि कांग्रेसको राजनीति  कता गइरहेको देख्नुहुन्छ ? 
कोशीमा कुनै समय गणेशमान सिंहले भन्ने गरेजस्तो टाउकाले पुच्छर हल्लाउने कि पुच्छरले टाउको ? भन्ने परिस्थिति देखिएको छ । संविधान पालना गर्ने नाममा दलीय घेरा पार गरेर कांग्रेसका केही सांसदले उपद्रो गरेका छन् । यसलाई वेलैमा सच्याउन या नियन्त्रण गर्न सकिएन भने त्यो डढेलो कोशीपश्चिम पनि फैलिन सक्छ । पार्टीभित्रको बहुमतको अहंकारलाई रोक्ने नाममा अल्पमतको अरजकता क्षम्य हुँदैन । कांग्रेसको माओवादीकरणको विरोध गर्नेले कांग्रेसको एमालेकरण गरेका छन् । यसबारे पार्टीका महामन्त्रीद्वयले पार्टी नेतृत्वसामु आफ्नो प्रस्ट धारणा राखिसक्नुभएको छ । 

कोशी प्रकरणले महामन्त्री गगन थापा र नेता शखेर कोइरालाबीच दूरी बढाएकै हो त ?
प्रस्टै त्यस्तो देखिन्छ । कोशीमा नेता कोइरालाको निर्णय कांग्रेसमा आन्तरिक छलफल गरेर लिइएको होइन, एमालेसित संवाद गरेर लिइएको हो । कांग्रेसको एमालेकरण सर्वथा गलत छ । दुई नेताबीच व्यक्तिगत कारणले भन्दा पनि पार्टीलाई सिद्धान्तगत रूपमा सञ्चालन गर्ने विषयमा दूरी बढेको देखिन्छ । 

कांग्रेसले चाहेजस्तो कोशीमा एमालेलाई विश्वासको मत लिएपछि सत्ताबाहिर धकेल्न कति सहज देख्नुहुन्छ ? 
उहाँहरूले भनेजस्तै भइदियो भने राम्रै हुन्छ । तर, यो त्यति सजिलो भने देखिन्न । अबका दिनमा मन्त्रिपरिषद् विस्तारमा कोशीका मुख्यमन्त्रीले माओवादीलाई हिस्सा दिनुहुन्छ कि हुन्न ? त्यसले गठबन्धन कता जान्छ भन्ने संकेत गर्नेछ । तीन नेता (प्रधानमन्त्री प्रचण्ड, शेरबहादुर देउवा र शेखर कोइराला) बीचको सहमति शपथग्रहणमै पालना भएन । त्यसैले, विश्वासको मतपछि के हुन्छ, अहिले नै भन्न कठिन छ ।  

सुझावित समाचार