राहुल महरा पुर्पक्षका लागि कारागार चलान

सुन तस्करी अभियोग

शुक्रबार, २६ असोज, २०८०
डिजिटल संस्करण

विद्युतीय चुरोट (भेप) भित्र लुकाएर सुन तस्करी गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका राहुल महरा पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा पठाउन आदेश दिएको हो । 

आज भएको थुनछेक बहसपछि तस्करीको घटनामा उनी संलग्न रहेको प्रारम्भिक निष्कर्षसहित अदालतले थुनामै राखी पुर्पक्ष गर्नुपर्ने आदेश दिएको हो । 

महरासँगै थुनामा रहेका लोकेन्द्रकुमार पौडेललाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश भएको छ । आदेश आएसँगै उनी धरौटी बुझाएर छुटेका छन् ।

महरालगायत चारजनामाथि आपराधिक विश्वासघात, भन्सार चोरी तथा संगठित अपराधसम्बन्धी कसुरको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा चलेको थियो ।

सुझावित समाचार