ओरिएन्टल होटेल्सको लाभांश पारित

शुक्रबार, २६ असोज, २०८०
डिजिटल संस्करण

ओरिएन्टल होटेल्स लिमिटेडको साधारणसभाले सेयरधनीका लागि गरिएको लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीको २६औँ साधारणसभाले आव ०७९/८० को लाभांशबाट सेयरधनीलाई ५ दशमलव २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

अघिल्लो वर्ष दुई करोड ४६ लाख नोक्सान व्यहोरेको होटेलले यो वर्ष खुद नाफा १६ करोड नौ लाख रुपैयाँ कमाउन सकेकाले लाभांश वितरण गर्न सफल भएको जनाएको छ । अघिल्लो वर्षभन्दा उल्लेखनीय नाफा बढाउन सक्नुले पर्यटकको आगमनमा सुधार आएको निष्कर्ष साधारणसभाले निकालेको कम्पनीले जनाएको छ । 

यसका साथै कम्पनीले निर्माण गरेको नयाँ भवनको काम तीव्र रूपमा भइरहेको र यसै वर्षको अन्त्यसम्ममा निर्माण पूरा हुने जानकारी दिएको छ । त्यस्तै, मुख्य भवनको तेस्रो, चौथो र पाँचौँ तला पुनर्निर्माण गरी आधुनिक बनाउन सुरु गर्ने साधारणसभामा जानकारी दिइएको थियो । 

साधारणसभाले आव ०७/८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित टिप्पणीहरू पनि पारित गरेको जनाइएको छ ।  

सुझावित समाचार