इजरायलबाट दुई सय ५४ जना नेपाली नागरिक लिएर विमान उडेको छ।
प्यालेस्टाइनी हमास समूहको हमलापछि युद्धग्रस्त इजरायलबाट नेपालले आफ्ना नागरिक फिर्ता ल्याउन लागेको हो। पहिलो चरणमा आज दुई सय ५४ विद्यार्थीलाई उद्धार गरेर स्वदेश फर्काउन लागेको हो।
बिहीबार राति १ः३० बजे अवतरण हुने सेड्युल छ। दुई सय ७४ सिट क्षमताको नेपाल एयरलाइन्सको एयरबस ३३० वाइडबडी जहाज बुधबार राति इजरायलका लागि प्रस्थान गरेको थियो।
परराष्ट्रमन्त्री एनपी साउदसमेत उद्धारमा प्रत्यक्ष सहभागी भएका छन्।