कप्तान देव खनालको शतकमा नेपालले इरानलाई दियो ३५४ रनको विशाल लक्ष्य

एसिसी यू-१९ प्रिमियर कप

बिहिबार, २५ असोज, २०८०
डिजिटल संस्करण

एसिसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले इरानलाई जितका लागि ती सय ५४ रनको लक्ष्य दिएको छ।मलेसियाको बांगीमा टस हारेर पहिले ब्याटिङ राेजेकाे नेपाल ४०.१ बलमा अलआउट हुँदै इरानसमक्ष विशाल लक्ष्य पस्किएकाे हाे। 

नेपालका कप्तान देव खनालले शतक बनाए। देव नेपालबाट १९ वर्षमुनिको क्रिकेटमा दुई शतक हान्ने पहिलो नेपाली खेलाडीसमेत बनेका छन्। 

यस्तै, नेपालका लागि दीपक डुम्रेले ६९ तथा दीपक बोहोराले ६५ रनकाे याेगदान दिए। इरानका सलमान नियाजमन्द र दद्राहमन रइसीले समान तीन–तीन विकेट लिए। इरानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

मलेसियामा आजदेखि सुरु भएको प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दै छन्। जसलाई चार समूहमा विभाजन गरिएको छ। शीर्ष तीन टोलीले आउँदो डिसेम्बरमा पाकिस्तानमा हुने १९ वर्षमुनिको एसिया कप खेल्न पाउनेछन्।

भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका भने एसिया कपमा सोझै छनोट भएका छन्। समूह ‘ए’ मा नेपाल, बहराइन, साउदी अरेबिया र इरान रहेका छन्। 

त्यस्तै, समूह ‘बी’ मा युएई, ओमान, कतार र चीन रहेका छन्। समूह ‘सी’ मा सिंगापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’ मा हङकङ, मलेसिया जापान र इन्डोनेसिया छन्। 
 

सुझावित समाचार