बिहीबारदेखि स्टक क्लियरेन्स मेला

मंगलबार, २३ असोज, २०८०
डिजिटल संस्करण

 दसैँको अवसर पारेर आउँदो बिहीबारदेखि भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला ‘ग्रान्ड सेल’ आयोजना हुने भएको छ । दसैँका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ इभेन्ट सोलुसन प्रालिले छैटौँ संस्करणको मेला आयोजना गर्न लागेको हो ।

बजारको तुलनामा दैनिक उपभोग्य सामानहरू सस्तोमा उपलब्ध हुने इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले जानकारी दिए । उनले भने, ‘एकै छानामुनि सुपथ मूल्यमा आमउपभोक्तालाई दसैँको किनमेल गराउने उद्देश्यले मेला आयोजना गरिएको हो ।’ मेलामा नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तान, मलेसिया, जापान तथा अन्य युरोपेली मुलुकमा उत्पादित सामानहरूको खरिद गर्ने ग्राहकले ५० प्रतिशतभन्दा बढी दसैँ विशेष छुट पाउने आयोजकको भनाइ छ ।

नेपाली उत्पादनमा विभिन्न किसिमका अफर पनि सञ्चालन हुने जनाइएको छ । बर्सेनि आयोजना हुँदै आएको एक्स्पोलाई यसपटक पनि निरन्तरता दिँदै ‘दसैँका वेला सस्तो मेला’ नारा दिइएको इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक प्रधानले बताए । 
मेलामा कपडा, जुत्ता, ह्यान्डिक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजलगायतका स्टलमा उपभोक्ताका आवश्यकताअनुसारका सामान राखिने तथा बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्रान्डका सामान खरिद गर्न सकिने आयोजकको भनाइ छ । 

सुझावित समाचार