‘मानसिक स्वास्थ्य समस्या निराकरणमा परिवारको भूमिका महत्वपूर्ण’

मंगलबार, २३ असोज, २०८०
डिजिटल संस्करण

वरिष्ठ मनोरोग विशेषज्ञ एवं मानसिक अस्पताल पाटनका निर्देशक डा. अनन्तप्रसाद अधिकारीले पछिल्लो समय नेपाली समाजमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाले परिवारबाटै यसको निराकरण गर्नुपर्नेमा जोड दिएका छन् ।

विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर सोमबार एरिया वन अप्टिमिस्ट क्लब अफ काठमाडौंले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले समाजमा विद्यमान मानसिक रोगसम्बन्धी समस्या र त्यसको निराकरणको उपायबारे जानकारी दिए ।

कांग्रेस बागमती प्रदेश सभा सदस्य सुरजचन्द्र लामिछानेले प्रदेश सरकारको तर्फबाट मानसिक स्वास्थ्यका लागि आवश्यकताअनुसार नीति–नियमका साथै उपचार सुविधामा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

क्लबका अध्यक्ष एवं चलचित्र निर्देशक सुनील पाण्डेले मानसिक रोग अन्य रोगजस्तै भएको, समयमै उपचार गरेको अवस्थामा रोगको प्रकृतिअनुरूप नियन्त्रणमा राख्न सकिने र कतिपय रोग पूर्ण रूपले निर्मूल गर्न सकिने बताए । विश्व मानसिक स्वास्थ्य दिवस क्लबले सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।

सुझावित समाचार