हाम्रो धरान भेट्रान्स फुटबल क्लबको सहयोगमा धरान रंगशालामा प्लेयर बक्स बनाइएको छ।
फुटबल प्रतियोगिता हुँदा खेलाडीलाई बस्नका लागि आवश्यक प्लेयर बक्स निर्माण गरी सोमबार जिल्ला खेलकुद विकास समिति सुनसरीलाई हस्तान्तरण गरिएको हो।
क्लबका अध्यक्ष अशोक राईले समितिका अध्यक्ष दीपक राईलाई प्लेयर बक्स हस्तान्तरण गरेका हुन्। क्लबले एक लाख ७० हजार रुपैयाँको लागतमा बक्स निर्माण गरेको जनाएको छ।
प्लेयर बक्स हस्तान्तरण कार्यक्रममा बोल्दै कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले धरानमा गत वर्ष देशभरिमा सबैभन्दा धेरै प्रतियोगिता सम्पन्न भएको बताए। उनले रंगशालाको स्तरोन्नतिमा सरकारले ध्यान दिनुपर्ने बताए।