प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलकाे बंकरभित्र रहेका विद्यार्थीसँग संवाद गरेका छन्।प्रधानमत्री प्रचण्डले सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थी टाेलीमध्येका विपिन सुवेदीसँग भर्चुअल माध्यमबाट संवाद गरेका हुन्।
संवादका क्रममा उनले सरकारले उद्धारका लागि निरन्तर पहल गरिरहेकाे बताए। संवादका क्रममा विपिनले आफूहरूलाई छिटोभन्दा छिटो उद्धार गरी स्वदेश फर्काउन आग्रह गरे।
आजै सरकारले इजरायली पक्षसँग कुरा गरी युद्ध क्षेत्रमा रहेका विद्यार्थीलाई सुरक्षित स्थानमा लग्न आग्रह गरेअनुसार उनीहरूलाई सुरक्षित स्थानमा लगिँदै छ।
हमास समूह लुकिछिपी बसेको आशंका गरिएको क्षेत्रमा विद्यार्थी बाहिर निकाल्दा सुरक्षामा खतरा हुने भन्दै इजरायल पक्षले नमानेकाले बंकरको विद्यार्थीलाई निकाल्न केही ढिलाइ भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।