सिमकोटमा बोलेरो दुर्घटना, दुई वडाध्यक्षसहित नौजना घाइते

आइतबार, २१ असोज, २०८०
डिजिटल संस्करण

हुम्लामा बोलेरो दुर्घटना भएको छ। सिमकोट गाउँपालिकास्थित मानसरोवर विद्यालयनजिकै जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन्। 

बा.२१च ७३५३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा नाैजना घाइते भएका हुन्। सिमकोट गाउँपालिका- २ वडाध्यक्ष देवजग बोहाेरा, र वडा नम्बर ३ वडाध्यक्ष पामा लामासहित नौजना घाइते भएको जानकारी प्राप्त भएको छ।  

जिप सडकभन्दा दुई सय मिटर तल खसेको छ। घाइतेलाई जिल्ला अस्पताल हुम्लामा उपचारका लागि लगिएको छ। थप विवरण आउन बाँकी छ। 

सुझावित समाचार