लक्ष्मी र सनराइज क्यापिटल गाभिने

आइतबार, २१ असोज, २०८०
डिजिटल संस्करण

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सन्राइज क्यापिटल लिमिटेडबीच एक–आपसमा गाभ्ने–गाभिनेसम्बन्धी औपचारिक सम्झौता भएको छ । १८ असोजमा भएको समझदारीपत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट अध्यक्ष अपछकुमार यादवले हस्ताक्षर गरेका छन् । 

लक्ष्मी क्यापिटल मार्केटको मुख्य संस्था लक्ष्मी बैंक लिमिटेड २८ असार ०८० बाट सन्राइज बैंक लिमिटेडसँग गाभिएर लक्ष्मी सन्राइज बैंक लिमिटेड भई एकीकृत कारोबार प्रारम्भ भइसकेको छ ।

लक्ष्मी सन्राइज बैंकका दुई सहायक कम्पनीहरू लक्ष्मी क्यापिटल र सन्राइज क्यापिटलबाट मर्चेन्ट बैंकिङलगायत अन्य सेवाहरू छुट्टाछुट्टै रूपमा प्रवाह गरिरहेको अवस्थामा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, ०६४ को दफा २९ (क) बमोजिम एकै प्रकृतिका कम्पनीहरू आवश्यक नभएको मध्यनजर गर्दै एक मात्र सहायक कम्पनी कायम गर्न लागेको हो । मर्जरपश्चात् कम्पनीको चुक्ता पुँजी ४८ करोड रुपैयाँ पुग्नेछ । 

See More On

सुझावित समाचार