कराँतेका विप्लवले कांस्यका लागि प्रतिस्पर्धा गर्ने

शुक्रबार, १९ असोज, २०८०
डिजिटल संस्करण

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपाली कराँते खेलाडी विप्लवलाल श्रेष्ठले कांस्य पदकका लागि साउदी अरेबियाका तारेग हामिदको सामना गर्ने भएका छन्।

पुरुष कुमुतेको ८४ केजीमाथिमा प्रतिस्पर्धा गरेका विप्लवले पहिलो खेलमा ताजकिस्तानका उमेद साफारोभलाई १२–४ ले हराएका थिए। क्वार्टरफाइनलमा किर्गिस्तानका सादिकानोभ अदिलेतसँग ५–१ ले पराजित भए। विप्लवले रिपोचको पहिलो खेलमा बाई पाएपछि कांस्यका लागि भिड्ने पक्का भएको हो।

नेपालले शुक्रबार मात्रै पदकको खाता खोलेको छ। नेपाललाई महिला कबड्डी टोलीले कांस्य पदक दिलाएको हो।

सुझावित समाचार