हुम्लामा हेलिकोप्टरबाट गर्भवतीकाे उद्धार

बिहिबार, १८ असोज, २०८०
डिजिटल संस्करण

हुम्लामा नेपाली सेनाको हेलिकोप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ।अदानचुली गाउँपालिका– ४ की ३० वर्षीया राजकला ढकाल पाण्डेको सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो।

श्रीनगर स्वास्थ्यचौकीमा सुत्केरी हुन नसकेपछि उनलाई हेलिकोप्टरबाट सुर्खेतस्थित प्रादेशिक अस्पताल लगिएको अदानचुली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख महताराले जानकारी दिए। 

सुत्केरी बेथा लागेको लामो समयसम्म बच्चा जन्मिन नसकेको र बच्चा उल्टो भएकाले उनलाई सुर्खेतस्थित प्रादेशिक अस्पताल रिफर गरिएको महताराले बताए। 

See More On

सुझावित समाचार