सिटिजन्स बैंकका ग्राहकलाई गुरु ट्राभल्सले छुट दिने

बुधबार, १७ असोज, २०८०
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले गुरु ट्राभल्समार्फत यात्रा गर्दा छुट पाउने भएका छन् । बैंक र काठमाडौंको दरबारमार्गमा रहेको गुरु ट्राभल्सबीच बैंकका ग्राहकलाई छुट दिने समझदारी भएको हो ।  

समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले गुरु ट्राभल्समार्फत विभिन्न अन्तर्राष्ट्रिय भ्रमण प्याकेज लिँदा १० हजार रुपैयाँसम्म छुट पाउने जनाइएको छ । साथै, गुरु ट्राभल्सको सिफारिसमा डलर–ट्राभल्स कार्ड बनाउन आउने ग्राहकलाई बैंकले कार्ड जारी शुल्कमा छुट दिने उल्लेख छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास व्यक्त गरेको छ । 

बैंकले हाल देशभरमा एक सय ८८ शाखा, एक सय ४८ एटिएम, तीन विस्तारित काउन्टर तथा ९७ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।

सुझावित समाचार