व्यक्तिहत्या गर्ने ‘रिगल’को कैद सजाय मिनाहा गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

मंगलबार, १६ असोज, २०८०
डिजिटल संस्करण

व्यक्तिहत्या गर्ने नेपालगन्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

त्यसवेला मारिएका  चेतन मानन्धरकी पत्नी भारती शेर्पाले रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी हुन्। 

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘रिगल’को कैद सजाय मिनाहा गरिदिएका थिए।

सुझावित समाचार