महिला कबड्डीबाट नेपाललाई पदकको सम्भावना [भिडियाे]

सोमबार, १५ असोज, २०८०
डिजिटल संस्करण

१९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)बाट नेपालले सोमबारसम्म कुनै पनि पदक जितेको छैन। आशा गरिएका खेलहरूमा क्रमिक रूपले बाहिरिँदा एसियाडमा नेपालको पदक जित्ने आशा झिनो देखिएको थियो। सोमबार एकाएक नेपाली महिला कबड्डी टोलीले पदकको आशा देखाएको छ।

तेक्वान्दो र बक्सिङजस्ता पदकको उच्च आशा गरिएका खेल खाली हात फर्कँदा आशा नै नगरिएको कबड्डीमा नेपालले पदक जित्ने सम्भावना देखाएको हो। नेपालले सोमबार बंगलादेशलाई ३७–२४ ले पराजित गरेसँगै नेपालको पदक सम्भावना बढेको हो।

बंगलादेशसँगको खेलपछि यस्तो छ खेलाडीको प्रतिक्रिया :

भिडियो : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

सुझावित समाचार