पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन

आइतबार, १४ असोज, २०८०
डिजिटल संस्करण
पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन

फाइल तस्बिर

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गरिएको छ।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच आज भएको छलफलपछि पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा छानबिन आयोग गठन गरिएको हो।

समितिका सदस्यहरूमा अर्थ मन्त्रालयका सहसचिव,  गृह मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका एक पूर्वडिआइजी रहने वनमन्त्री वीरेन्द्र महतोले जानकारी दिए।

सुझावित समाचार