मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

शनिबार, १३ असोज, २०८०
डिजिटल संस्करण

मोटरसाइकलको ठक्करबाट सुर्खेतको वीरेन्द्रनगरमा एक बालकको मृत्यु भएको छ।

वीरेन्द्रनगर– ३ स्थित गोकुल कटेजनजिकै मोटरसाइकलले ठक्कर दिँदा दैलेखको आठबिस नगरपालिकाका पाँचवर्षीय टुकदर्शन गिरीको मृत्यु भएको हो।

अहिले स्थानीयले कर्णाली राजमार्ग बन्द गरेका छन्। अछाम, दैलेख र जुम्लाबाट आएका गाडी सडकमै रोकिएका छन्।

मोटरसाइकलसहित चालक फरार रहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार