पत्रकार धामीमाथि आक्रमण

सोमबार, ८ असोज, २०८०
डिजिटल संस्करण

पत्रकार कृष्णसिंह धामीमाथि सोमबार ललितपुरको बखुन्डोलमा आक्रमण भएको छ। रातोपाटी अनलाइनमा कार्यरत पत्रकार धामीमाथि पाँच–छजनाको समूहले अपराह्न साढे चार बजे आक्रमण गरेको हो। 

आक्रमणमा परी घाइते भएका धामीको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको रातोपाटीले समाचारमा उल्लेख गरेको छ। पत्रकार धामीले खाजा खाएर कार्यालयतर्फ फर्किने क्रममा आफूमाथि आक्रमण भएको बताए।  

२६ भदौमा ‘रातोपाटी अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर रातोपाटी अनलाइन र सो समाचार लेख्ने पत्रकारलाई सजाय दिने’ भनी अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीले विज्ञप्ति जारी गरेका थिए।

नेपाल पत्रकार महासंघले उक्त विज्ञप्तिप्रति आपत्ति जनाएको थियो। महासंघले २७ भदौमा विज्ञप्ति जारी गर्दै भनेको थियो, ‘सम्प्रेषित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसको कानुनी उपचार खोज्न सकिने वा प्रेस काउन्सिलमा उजुरी गर्न सकिने प्रचलित प्रावधान छ। त्यसलाई नजरअन्दाज गर्दै सञ्चारमाध्यम र पत्रकारलाई सार्वजनिक रूपमा धम्क्याउने कार्य अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो। महासंघ संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न र प्रेसविरोधी यस्ता हर्कत नदोहोर्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछ।’

सुझावित समाचार