एनआइसी एसियाले २८ असोजमा साधारणसभा गर्ने

सोमबार, ८ असोज, २०८०
डिजिटल संस्करण

एनआइसी एसिया बैंक लिमिटेडले २८ असोजमा २६औँ वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकको सञ्चालक समितिले काठमाडौंमा साधारणसभा गर्ने निर्णय गरेको हो । 

साधारणसभामा २९ प्रतिशत बोनस सेयर र एक दशमलव ५२६ प्रतिशत नगद लाभांश गरी कुल ३० दशमलव ५२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पेस गर्ने बैंकले जनाएको छ । यसका साथै आव ०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित ०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक विवरणउपर छलफल गरी स्वीकृत गर्नेलगायतका सामान्य प्रस्तावमा छलफल तथा निर्णय गर्ने विषयसूची निर्धारण गरिएको बैंकले जनाएको छ । 

साथै, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन–थप गर्नेलगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची समावेश गरिएको उल्लेख छ । जसका लागि बैंकले असोज १६ देखि २८ गतेसम्म सेयर दाखिल खारेज दर्ता बन्द रहने सूचना जारी गरेको छ । हाल बैंकले देशभरमा तीन सय ६० शाखा, ६ सय १३ एटिएम, एक सय नौ विस्तारित काउन्टर तथा ६१ वटा शाखारखित शाखा सञ्जालमार्फत सेवा दिइरहेको जनाएको छ । 

सुझावित समाचार