चौधरी ग्रुपअन्तर्गत मीनभवनमा रहेको एलजी ब्रान्डको आफ्नै सोरुम अपग्रेडपश्चात् पुनः सञ्चालनमा आएको छ । नयाँ र आधुनिक डिजाइनमा सोरुम पुनः सञ्चालनमा ल्याइएको हो ।
सोरुममा एलजी ब्रान्डका एलइडी टिभी, वासिङमेसिन, रेफ्रिजेरेटर, डिसवासर, एयर कन्डिसनर, माइक्रोवेब ओभन, भ्याकुम क्लिनरलगायत अन्य थुप्रै सामग्री उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
मीनभवनको गोरखा कम्प्लेक्समा रहेको सोरुम सन् २००५ मा स्थापित एलजी ब्रान्डको पहिलो सोरुम रहेको जनाइएको छ । सोरुम पुनः सञ्चालनका अवसरमा विशेष छुटका साथै निःशुल्क उपहार, शून्य प्रतिशत किस्ताबन्दी र एक्सचेन्ज अफरको पनि सुविधा रहेको उल्लेख छ । साथै, प्रोडक्ट लाइभ डेमो, कुकिङ क्लास र प्रिभेन्टिभ मेन्टेनेन्स सर्भिसको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ ।