वडा १४ लाई फुटसल उपाधि

बिहिबार, ४ असोज, २०८०
डिजिटल संस्करण

 वडा १४ ले बुधबार महानगरपालिकाका वडाहरूबीच लैनचौर फुटसल मैदानमा भएको प्रतियोगिताको फाइनलमा वडा १३ लाई ३–२ ले हराउँदै उपाधि हात पारेको छ । वडा १४ का मनीष रानाभाटले दुई गोल गरेका थिए । च्याम्पियन टोलीलाई दिलीप थापाले एक गोल गरे ।

वडा १३ का अभय राना र आशिष कपालीले एक–एक गोल गरे । फाइनलमा वडा १४ का आरोन खड्का म्यान अफ दी म्याच भए । उपाधि विजेताले दुई लाख र उपविजेताले एक लाख पाएका छन् । विधागततर्फ उत्कृष्टमा वडा १३ का आशिष कपाली सर्वश्रेष्ठ खेलाडी भए । वडा १४ का मनीष सर्वाधिक गोलकर्ता बने ।

 वडा १४ कै विपिन थापामगर सर्वश्रेष्ठ गोलरक्षक घोषित भए । तीनै उत्कृष्ट खेलाडीले जनही दश हजार रुपैयाँ पाए । प्रतियोगिताको विजेता र खेलाडीलाई काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र वडा २३ का अध्यक्ष मचाराजा महर्जनले पुरस्कृत गरेका थिए । 
 

See More On

सुझावित समाचार