बागमती प्रदेश सरकारले संविधान दिवस २०८० विविध कार्यक्रम गरी मनाएको छ। बुधबार प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो।
यसअघि हेटौँडाको मुख्यचोक बुद्धचोकबाट प्रदेश सरकारको आयोजनामा प्रभातफेरी कार्यक्रम गरिएको थियो। प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहितको उपस्थितlमा भएको प्रभातफेरी हेटौँडाको बुद्धचोकबाट पिपलबोट, चौकीटोल ओरालो, मानसचोक हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो।
कार्यक्रममा प्रदेशका मन्त्री तथा सचिव, कर्मचारी विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो। यस्तै, प्रभातफेरीमा सुरक्षा निकाय तथा सामाजिक संघसंस्थाले ब्यान्डबाजासहित विभिन्न जातीय तथा सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए।
.jpg'_'.2023-09-20.jpg)
.jpg'_'.2023-09-20.jpg)
.jpg'_'.2023-09-20.jpg)
.jpg'_'.2023-09-20.jpg)
.jpg'_'.2023-09-20.jpg)
.jpg'_'.2023-09-20.jpg)
.jpg'_'.2023-09-20.jpg)
.jpg'_'.2023-09-20.jpg)