तस्बिरमा विश्वकर्मा पूजा

सोमबार, १ असोज, २०८०
डिजिटल संस्करण

आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको छ।

हरेक वर्ष असाेज संक्रान्तिका दिन सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइन्छ। विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वासका साथ विश्वकर्माको पूजा गर्ने गरिन्छ। 

विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजा–आराधना गर्ने प्रचलन छ। आज नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारीसाधन पूजा गर्ने गर्दछन्।

काठमाडौंको भद्रकाली, दक्षिणकालीलगायतका मन्दिरमा सवारीसाधानको पूजा गर्नका लागि दर्शनार्थीहरू पुगेका छन्। आज भद्रकाली मन्दिरमा देखिएका केही दृश्यलाई हामीले क्यामेरामा कैद गरेका छौँ।

तस्बिरहरू ः

सुझावित समाचार