मेटलाइफ नेपालले मोबाइल एप ‘वान बाई मेटलाइफ’ सार्वजनिक गरेको छ । एपको शुभारम्भ मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठद्वारा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममार्फत गरिएको हो ।
मेटलाइफका ग्राहकले एपमा दर्ता भई आफ्नो बिमा पोलिसीबारे सूचनाहरू प्राप्त गर्न, मेटलाइफका विभिन्न बिमा सुविधा तथा सेवाहरूबारे खोजी गर्न, बिमा सुविधाका प्रिमियम गणना गर्न, एजेन्टहरूलाई सम्पर्क गर्न र थप जानकारी पाउन सक्ने कम्पनीले जनाएको छ । सो एपमा रहेको ३६० हेल्थ सुविधाले स्वास्थ्य सेवा समाधानलाई डिजिटल बिमा सेवासँग सहज रूपमा एकीकृत गरेको छ ।
कार्यक्रममा नेपाली जनताका लागि थप आत्मविश्वासी, स्वस्थ भविष्य निर्माण गर्ने नेपालको लक्ष्यलाई मेटलाइफले समर्थन गर्न पाउनु आफैँमा गौरवको विषय रहेको महाप्रबन्धक श्रेष्ठले बताए । मेटलाइफ एसियाका प्रमुख मार्केटिङ अधिकृत सञ्जीव कपुरले मेटलाइफले आफ्ना ग्राहकको जीवनयात्राको प्रत्येक चरणमा उत्कृष्ट सुविधा प्रदान गर्न कम्पनी सदैव प्रतिबद्घ रहेको बताए ।