एनआइसी एसिया बैंक लिमिटेडले आर्थिक वर्ष ०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ।
भदौ २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ३०.५२६३ प्रतिशत (३ अर्ब ५३ करोड ६४ हजार ७९६ रुपैयाँ) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैठकले प्रस्तावित लाभांशमध्ये २९ प्रतिशत बोनस सेयर (३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५५६ रुपैयाँ) र १.५२६३ प्रतिशत नगद लाभांश (१७ करोड ६५ लाख ३ हजार २४० रुपैयाँ) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २६औँ वार्षिक साधारणसभाको स्वीकृतिपश्चात् बैंकका सेयरधनीहरूलाई वितरण गरिनेछ।