चीनको फलाम खानीमा रिमोट कन्ट्रोल प्रविधि

शुक्रबार, २९ भदौ, २०८०
डिजिटल संस्करण

उत्तरी चीनको हेबेई प्रान्तको सिङसान फलाम खानीमा रिमोट कन्ट्रोल प्रविधि लागू गरिएको छ।

अब फलाम खानीका प्राविधिकहरूले टाढैबाट भूमिगत खानी गतिविधिहरूमाथि निगरानी र नियन्त्रण गर्न सक्नेछन्। रिमोट कन्ट्रोल प्रविधिबाट भूमिगत काम गर्न सहयोग पुग्ने सिङसान फलाम खानीका उपनिर्देशक युआन वेईले बताए।

उनले आफूहरूलाई सुरक्षित राख्नका लागि यो प्रविधि राम्रो हुने विश्वास व्यक्त गरे। वेईले फाइभ– जी प्रविधि र उपकरणको सुधारका लागि धन्यवाद दिए। सिन्ह्वा/न्युज एजेन्सी नेपाल

See More On

सुझावित समाचार