एमाले महासचिव चीन भ्रमण छोट्याएर स्वदेश फिर्ता

बुधबार, २७ भदौ, २०८०
डिजिटल संस्करण

नेकपा एमालेका महासचिव शंकर पोखरेल आफ्नो चीन भ्रमण छोट्याएर आज स्वदेश फर्किएका छन्। संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण उनी चीन भ्रमण छोट्याएर आज स्वदेश फर्किएका हुन्। 

महासचिव पोखरेल नेतृत्वको टोली चीन भ्रमणमा रहँदा नेता नेम्वाङको निधन भएपछि भ्रमणका सबै कार्यक्रम रद्द गरिएको छ। हवाई टिकट मिलेलगत्तै त्यहाँ रहेका अन्य नेता पनि छिट्टै स्वदेश फर्कने कार्यक्रम रहेको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ।

सुझावित समाचार