डोल्पामा शव भेटियो, मेजर पण्डितको भएको आशंका

मंगलबार, २६ भदौ, २०८०
डिजिटल संस्करण

डोल्पामा एकजनाको शव फेला परेको छ। मंगलबार फेला परेको उक्त शव दुनैस्थित नन्द बक्स ब्यारेकबाट १६ दिनदेखि सम्पर्कविहीन भएका मेजर विमल पण्डितको भएको आशंका गरिएको छ। 

शव  त्रिपुरासुन्दरी नगरपालिकामै पर्ने खदाङ भन्ने ठाउँमा भेटिएको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए। स्थानीयले शव फेला पारेपछि प्रशरीलाई खबर गरेका थिए।  

गत १० भदौमा सदरमुकाम दुनैबाट ‘इभिनिङ वाक जान्छु’ भन्दै साँझपख गुल्मबाट निस्किएका थिए। आर्मी हेड्क्वाटरले फेला परेको शव मेजर पण्डितकै भएको बताए पछि प्रहरी प्रशासनले भने अहिलेसम्म पुष्टि गरेको छैन।

सुझावित समाचार