मुक्तिनाथ विकास बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच दिगो ऊर्जा चुनौती कोष (एसइसिएफ)अन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ। यो सम्झौताबमोजिम बैंकले वैकल्पिक ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्नेछ।
विगतदेखि नै बैंकले वातावरण प्रदूषण तथा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने क्षेत्रमा कर्जा लगानी गर्दै आएको छ। यो सहकार्यले वातावरण संरक्षण र हरित ऊर्जा क्षेत्रमा कर्जा लगानी गर्न थप उत्प्रेरणा मिलेको बैंकले जनाएको छ।
उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक नवराज ढकालले एक समारोहबीच हस्ताक्षर गरेका हुन्।