गाउफले जितिन् युएस ओपन

सावालेन्कालाई २–६, ६–३ र ६–३ ले हराउँदै गाउफले करिअरकै पहिलो ग्रान्डस्लाम युएस ओपन हात पारिन्

सोमबार, २५ भदौ, २०८०
डिजिटल संस्करण

अमेरिकी युवती कोका गाउफले वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन जितेकी छिन् । शनिबार राति अथुर रंगशाला छैटौँ वरीयताकी गाउफले आर्यन सावालेन्कालाई २–१ को सेटमा हराउँदै करिअरकै पहिलो ग्रान्डस्लाम जितेकी हुन् । सुरुवाती सेट गुमाएकी उनले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो वरीयताकी सावालेन्कालाई फाइनलमा २–६, ६–३ र ६–३ ले पराजित गरिन् ।

उपाधि जितेपछि आफूलाई विश्वास नलागेको गाउफको प्रतिक्रिया रह्यो । ‘मलाई यस्तो लागेको छ, यो आफू नै अचम्मित हुने नतिजा थियो,’ उनले भनिन्, ‘यो उपलब्धिमा भगवान्ले मलाई ठूलो साथ दिएको जस्तो लाग्छ ।’ सन् २०२२ मा उनी फ्रेन्च ओपनको फाइनलमा पराजत भएकी थिइन् । 

अस्ट्रेलियन ओपन विजेता सावालेन्का दोस्रो ग्रान्डस्लाम उपाधि जित्न चुकेकी छिन् । बेलारुसकी २५ वर्षीया खेलाडी सावालेन्का युएस ओपनको फाइनल स्थान पुगेलगत्तै महिला एटिपी वरीयताको शीर्ष स्थानमा उक्लेकी छिन् । बेलारुसबाट कुनै पनि खेलाडी एटिपी वरीयताको शीर्ष स्थानमा पुगेको यो नै पहिलोपटक हो । तेस्रो तथा अन्तिम सेटको नवौँ गेममा गाउफले ब्याकह्यान्ड सर्भिसका रूपमा म्याच प्वाइन्ट बटुलेकी थिइन् । त्यसपछि उनले खुसी मनाइन् । २४ हजार घरेलु दर्शकअगाडि अमेरिकालाई युएस ओपन दिलाउँदा उनी सुरुवातमा निःशब्द बनिन् ।

See More On

सुझावित समाचार