बाढीका कारण चीनको ग्वाङडोङका ८० हजार मानिस विस्थापित

आइतबार, २४ भदौ, २०८०
डिजिटल संस्करण

शुक्रबार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिस विस्थापित भएका छन्।

उनीहरूलाई सुरक्षित स्थानमा सारिसकिएको बताइएको छ। टाइफुन हाइकुई र मनसुनले बिहीबारदेखि पर्ल नदी डेल्टा क्षेत्रका धेरै सहर र काउन्टीहरूमा मुसलधारे वर्षा भइरहेको छ। जसका कारण बाढी–पहिरो आई सडक अवरुद्ध भएको छ।

प्रान्तीय विपत् न्यूनीकरण आयोगले १५ सहरमा बढी जोखिम रहेको बताएको छ। सेन्जेन, झुहाई र जियाङमेन सहरहरू र फोसान, डोङगुआन र ग्वाङ्झाउका केही भागमा विद्यालयसमेत बन्द गरिएको छ।

त्यस्तै ४७ रेल सेवा अवरुद्ध भएका छन् भने ७९ सडक खण्ड, ६ वटा टोल बुथ र एउटा पुल अवरुद्ध भएको छ। सिन्ह्वा/न्युज एजेन्सी नेपाल

सुझावित समाचार