लमजुङ कारागारका कैदीबन्दीलाई खेलकुद सामग्री

शनिबार, २३ भदौ, २०८०
डिजिटल संस्करण

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले कारागारका कैदीबन्दीलाई खेलकुद समग्री प्रदान गरेको छ।

निजामती सेवा दिवस २०८० को अवसरमा शुक्रबार गाउँपालिकाले कारगारमा रहेका कैदीबन्दीलाई  खेलकुद सामग्री प्रदान गरेको हो। 

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले कारागार प्रमुख कमलापती अधिकारीलाई क्यारामबोड दुई थान, चेस दुई थान भलिबल नेटसहित दुई थान अधिकारीलाई खेलकुद सामग्री हस्तान्तरण गरेका हुन्।  

३५ क्षमता रहेको जिल्ला कारागार लमजुङमा हाल ७ जना महिला र ८० जना पुरुष गरी ८७ जना कैदीबन्दी रहेका छन्।
 

See More On

सुझावित समाचार