लुइस चार वर्ष जेल जान सक्ने

शुक्रबार, २२ भदौ, २०८०
डिजिटल संस्करण

फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा खेलाडीलाई चुम्बन गरेका स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुविलेस चार वर्ष जेल जान सक्ने भएका छन् । लुइसविरुद्ध अहिले विशेष अदालतमा मुद्दा चलिरहेको छ । फिफाको अनुशासन कमिटीले पनि उनीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

स्पेनको अदालतले सार्वजनिक स्थलमा यौन दुव्र्यवहार गरेको आरोप ठहराए उनी चार वर्ष जेल चलान हुन सक्ने स्पेनिस मिडियाले जनाएको छ । गत महिना अस्ट्रेलियाको सिड्नीमा भएको महिला विश्वकपको फाइनलमा इंग्ल्यान्डलाई हराएपछि स्पेन पहिलोपटक विश्व च्याम्पियन बनेको थियो । 

पदक वितरण समारोहमा फुटबल संघका अध्यक्ष लुइसले च्याम्पियन खेलाडी जेनी हेर्मोसोलाई तीनपटक चुम्बन गरेका थिए । स्ट्राइकर जेनीले तत्काल केही प्रतिक्रिया दिइनन् । होटेलमा पुगेपछि उनले आफ्नो स्वीकृतिविना अध्यक्षले चुम्बन गरेको जनाइन् ।

उनले फिफा र स्पेनिस फुटबल संघमा आफूमाथि भएको यौन दुव्र्यवहारको अपिल गरिन् । पदक वितरणमा आफूले नियन्त्रण राख्न नसकेको र खराब विचारले खेलाडीलाई चुम्बन नगरेको लुइसले प्रतिक्रिया दिएका थिए । 

सुझावित समाचार