कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार, एकजना पक्राउ

बुधबार, २० भदौ, २०८०
डिजिटल संस्करण
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार, एकजना पक्राउ

आक्रमण गर्ने श्याम सापकोटा (बायाँ) र सहमहामन्त्री यादव (दायाँ)

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। 

बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएका यादवमाथि एक समूहले खुकुरी प्रहार गरेको हो। खुकुरी प्रहारबाट यादव घाइते भएका छन्। यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।

खुकुरी प्रहार गर्ने नुवाकोट विदुर नगरपालिका– ७ का श्याम सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। सापकोटाले आफू अभियान्ता भएको बताएका छन्।

आक्रमणको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार