नेप्से ६ अंकले घट्यो, कारोबार रकम ७९ करोड मात्रै

मंगलबार, १९ भदौ, २०८०
डिजिटल संस्करण

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.४५ अंकले ओरालो लागेर एक हजार नौ सय ६१.३७ विन्दुमा सीमित भएको छ।

आजको कारोबारमा ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४७ अंकले ओरालो लागेर तीन सय ७७.२४ विन्दुमा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको सेयर मूल्यमा गिरावट भएको छ।

विभिन्न कम्पनीका २४ लाख ८० हजार नौ सय २९ कित्ता सेयर रु. ७९ करोड ६८ लाख ७० हजार चार सय आठ रुपैयाँमा खरिद–बिक्री भएका छन्। नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन एभरेस्ट इन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको रु. सात करोड ५८ लाख ९७ हजार सात सय ९३ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा साल्ट ट्रेडिङ कर्पोरेसन रु. दुई करोड ९५ लाख ८५ हजार चार सय ६५, आइएमई लाइफ इन्स्योरेन्स रु. दुई करोड ८२ लाख ४१ हजार सात सय ५४, घोराही सिमेन्ट रु. दुई करोड ८० लाख ४५ हजार पाँच सय ७० र एभरेस्ट बैंक रु. दुई करोड ३६ लाख २९ हजार तीन सय २१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । नेरुडे लघुवित्त ९.८५, इन्ग्वा हाइड्रोपावर ७.३२, साञ्जेन जलविद्युत् कम्पनी ६.४८ र अप्पर सोलु हाइड्रोपावरका लगानीकर्ताले ६.३९ प्रतिशतले कमाएका छन्।

त्यस्तै, आरबिबी म्युचुअल फन्ड १०, लिबर्टी इनर्जी ९.९८, आशा लघुवित्त ७.६१, आत्मनिर्भर लघुवित्त ७.१९ र बाराही हाइड्रोपावरका लगानीकर्ताले ६.४७ प्रतिशतले गुमाएका छन्।

सुझावित समाचार