मर्स्याङ्दीमा खसेको बसका चालकको शव भंगालोमा भेटियो

सोमबार, १८ भदौ, २०८०
डिजिटल संस्करण

लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ बालुवामा मर्स्याङ्दी नदीमा बस खस्दा बेपत्ता भएका चालकको शव भेटिएको छ।

भुलभुले-ङादी सडकखण्डको बालुवामा शनिबार राति करिब १२:३० बजे घ १ ख ३७२ नम्बरको बस नदीमा खसेको थियो।

बसचालक चितवन महानगरपालिका-१३ घर भइ हाल मर्स्याङ्दी गापा–७ ङादी मा बस्ने अन्दाजी ४० वर्षका खेमबहादुर भुलेज मगर रहेकाे प्रहरीले जनाएकाे छ। उनको शव आइतबार दिउँसो ४ बजे मर्स्याङ्दी-९ आँगे भंगालोमा भेटिएको हो।

बेँसीसहर-ङादी रूटमा चल्ने सो बस शनिबार राति मर्स्याङ्दी-९ गैरीफाँटमा मर्मत गरी चालक एक्लैले घरतर्फ लग्दै गर्दा बस नदीमा खसेकाे थियाे। 

See More On

सुझावित समाचार