राजतन्त्रकालीन ऐनले पर्यटन क्षेत्रको नेतृत्व गर्न सक्दैनः मन्त्री किराँती

सोमबार, १८ भदौ, २०८०
डिजिटल संस्करण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राजतन्त्रकालीन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न नसक्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। मन्त्री किराँतीले वर्तमान पर्यटन ऐन २०३५ सालमा बनेको भन्दै उक्त ऐनलाई वर्तमान आवश्यकताअनुसार संशोधन गर्न सरकार लागेको जानकारी दिए।

‘२०३५ सालको पर्यटन ऐनले अहिलेको आवश्यकता भावनाको कदर गर्न सक्दैन। त्यसकारण समग्रमा पर्यटन ऐनको निर्माणको चरणमा छौँ। अहिलेको समय सापेक्षित ऐन बनाउनेछौँ,’ उनले भने।

मन्त्री किराँतीले पर्वतारोहण क्षेत्रको विकासका लागि ८ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गर्न सकिनेसहितको पर्यटन नियमावलीमा व्यवस्था राखेर पर्वतारोहणसम्बन्धी नियमावली संशोधन गर्न लागेको जानकारी दिए।

सुझावित समाचार