उदयपुरको ताप्लीमा सडेको अवस्थामा एकजना वृद्धको शव फेला छ। ताप्ली गाउँपालिका– ४ का ७२ वर्षीय वृद्ध मणिराज राईको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्द चौधरीका अनुसार सोमबार ताप्ली गाउँपालिका– ४ को थुम्कीबाट खानीडाँडा जाने बाटोमा सडेको अवस्थामा वृद्धको शव फेला परेको हो।
उनले भने, ‘केही दिनदेखि वृद्ध बेपत्ता भएका रहेछन्। सोमबार बाटोमा पर्ने भिरमा सडेको शव देखिपछि स्थानीयले प्रहरीले खबर गरे। प्रहरीले शव पोस्टमार्टम गर्न नमिल्ने भएपछि आफन्तलाई बुझाएर अनुसन्धान थालेको छ।’
इलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट प्रहरी निरीक्षकसहितको प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का उठाएको छ । शव सडिसकेको र पोस्टमार्टम गर्न नसक्ने अवस्था भएकाले आफन्तलाई जिम्मा लगाएको चौधरीको बताए।