पाकिस्तानले दिएको तीन सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले चौथो विकेट पनि गुमाएको छ।
ब्याटिङमा संघर्ष गरिरहेको अवस्थामा आरिफ सेख ह्यारिस रउफको बलमा बोल्ड भए। त्यसअघि ३८ बलको सामना गरेका उनले पाँच चौकाको मद्दतमा २६ रन बनाए।
सुरुवाती दुई ओभरभित्रै तीन विकेट गुमाएपछि दबाबमा परेको नेपाली इनिङलाई आरिफले सोमपाल कामीसँग मिलेर सम्हाल्ने प्रयास गरेका थिए।
यी दुईबीच ५९ रनको साझेदारी बनेको थियो। आरिफ आउट भएपछि क्रिजमा गुल्सन झा आएका छन्।