नेपाल पावर लाइट एन्ड इलेक्ट्रिक तथा होम अपलायन्सेस, इभी एक्स्पो हुँदै

बुधबार, १३ भदौ, २०८०
डिजिटल संस्करण

१५ भदौदेखि भृकुटीमण्डपमा नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायन्सेस तथा नेपाल इभी अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । तीनदिने एस्पो मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेर एन्ड इवेन्ट्स, एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर एन्ड इम्पोर्टर्स एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा हुन गइरहेको हो । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी सयभन्दा बढी कम्पनीका स्टल रहनेछन् । 

यस प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चार्जिङ स्टेसन, ब्याट्री, ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहनेछ । 

प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल विद्युत् प्राधिकरण तथा एसएसएड क्लिन एयर रहेका छन् ।   
 

सुझावित समाचार