सुनको मूल्य स्थिर हुँदा चाँदीको घट्यो

सोमबार, ११ भदौ, २०८०
डिजिटल संस्करण

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख ११ हजार एक सय कायम भएको छ। पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य स्थिर रही प्रतितोला रु. एक लाख १० हजार पाँच सय ५० कायम छ। 

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले घटेर रु. एक हजार चार सय ६० तोकिएको महासंघले जनाएको छ।

सुझावित समाचार