धरान पुगेर नेता कोइरालाले भने- धार्मिक र जातीय सहिष्णुतामै नेपाली समाज अडेको छ

आइतबार, १० भदौ, २०८०
डिजिटल संस्करण

कांग्रेसका नेता डा. शेखर कोइरालाले अस्थिरता चाहने तत्वहरूले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्न कोसिस गरिरहेको बताएका छन्।

‘देशमा साम्प्रदायिक द्वन्द्वको बिजारोपण गरेर सामाजिक–धार्मिक सदभाव बिथोल्न खोजिँदै छ, त्यो हामी कदापि स्विकार्न सक्दैनौँ,’ कोइरालाले भने।

धार्मिक मुद्दाले पेचिलो बन्दै गएको धरान पुगेर नेता कोइरालाले हरेक भाषाभाषी र जातजातिलाई आफ्नो धर्म मान्न पाउने अधिकार संविधानले ग्यारेन्टी गरेको भन्दै धर्मका नाममा राजनीति गर्न नहुने बताए।

उत्तेजना र बहकाउमा नलागी जातीय र धार्मिक सदभाव कायम गर्दै संयमित हुन कोइरालाले धरानवासीलाई आग्रहसमेत गरे। धार्मिक र जातीय सहिष्णुतामै नेपाली समाज अडेको कोइरालाले प्रस्ट पारे।

कांग्रेस सुनसरी क्षेत्र नं-१ ले सञ्चालन गरेको ‘ग्रिन एन्ड क्लिन धरान अभियान-२०८०’ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यदि कुनै एक ठाउँबाट साम्प्रदायिकता फैलिए त्यसको ज्वाला देशैभरि जाने खतरा रहेको पनि चेतावनी दिए। 

सुझावित समाचार