इन्जिनियरिङको शुल्कवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघ प्रदर्शनमा

आइतबार, १० भदौ, २०८०
डिजिटल संस्करण

इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा शुल्कवृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरोध प्रदर्शन गरेको छ। शुल्कवृद्धि फिर्ता लिन माग गर्दै आइतबार नेविसंघ बालुवाटार घेराउ गर्न पुगेको हो।

इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिब तथा जेहेनदार विद्यार्थी अध्ययनबाट वञ्चित भएको भन्दै नेविसंघले विरोध गरेको हो। नेविसंघले शुल्कवृद्धि तत्काल फिर्ता लिनुपर्ने, सबै विश्वविद्यालयमा इन्जिनियरिङ शिक्षामा एकरूपता ल्याउनुपर्ने, विद्यार्थीको विदेश पलायनलाई ‘राष्ट्रिय संकट’ घोषणा गर्नुपर्नेलगायतका माग राखेको छ।

साथै, पाँच दिनदेखि आमरण अनशन बसेका विद्यार्थी नेता सुलभ चापागाईंको जीवनरक्षाका निम्तिसमेत नेविसंघको माग छ।

हेर्नुस् तस्बिरहरू:

तस्बिरहरू : अमुल थापा/नयाँ पत्रिका

सुझावित समाचार