अग्रज साहित्यकार तुलसी थापाको निधन

शुक्रबार, ८ भदौ, २०८०
डिजिटल संस्करण

अग्रज साहित्यकार एवं शिक्षासेवी तुलसी थापाको शुक्रबार ७८ वर्षको उमेरमा निधन भएको छ । उच्च रक्तचाप, मिर्गौला र फोक्सोको समस्याबाट पीडित साहित्यकार थापाको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा निधन भएको हो । उनलाई पछिल्लो समय निमोनिया देखिएपछि अस्पताल भर्ना गरिएको थियो । 

कथा, कविता र नाटक क्षेत्रमा कलम चलाउँदै आएका थापाका दाना कवितासंग्रह ‘एक निमेष अनन्तको (२०५८)’, ‘अमर सिंहको खोजीमा अमर सिंह नाटक (२०६१)’ र कथासंग्रह ‘फरक आकाश (२०७२)’ प्रकाशित छन् । उनको दाना कवितासंग्रह ‘एक निमेष अनन्तको’लाई कवितालेखन क्षेत्रमा फरक शैलीको कविताको रूपमा लिने गरिएको छ । 

भीम विराग संगीत, साहित्य कला प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका थापाले मकवानपुरका विभिन्न विद्यालयमा अध्यापन गरी शिक्षा क्षेत्रको उन्नयनमा समेत योगदान पुर्याएका छन् । साहित्यकार थापाको जन्म २००२ सालमा मकवानपुरको भैँसेमा भएको थियो ।

सुझावित समाचार