करिब एक महिनादेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बुधबारबाट सञ्चालन भएको छ। सुन तस्करी छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउन राष्ट्रिय मान्यता प्राप्त सात दलबीच औपचारिक सहमति भएसँगै प्रतिनिधिसभा बैठक सञ्चालन भएको हो।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले पछिल्लो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग नबनेसम्म संसद् चल्न नदिने अडान लिएपछि संघीय संसद्का दुवै सदनको बैठक गत साउन १० गतेदेखि अवरुद्ध हुँदै आएका थिए।