सत्तारूढ दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ।
मंगलबारबाट ललितपुरको बालकुमारीमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाल र पार्टी महासचिव घनश्याम भुसालले प्रस्तुत गरेका प्रतिवेदनमाथि आज छलफल जारी रहनेछ।
पार्टीका केन्द्रीय सदस्यहरूले विभिन्न प्रतिवेदनमाथि आफ्ना धारणा राख्न सुरु गरेका छन्। बैठक आज बिहान ८ बजेबाट सुरु भएको हो। मंगलबारको बैठकमा राजनीतिक प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको थियो।
सोही प्रतिवेदनमा छलफल चलिरहेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक–वैचारिक दृष्टिकोण, नेपाली समाजको विशिष्ट अवस्था, भूराजनीतिक परिस्थिति, समाजवादी व्यवस्थालगायत विषय उल्लेख छ।