हेलो सरकारमा अब एनसेल नम्बरबाट समेत नि:शुल्क कल गरेर गुनासो टिपाउन सकिने भएको छ । यसअघि नेपाल टेलिकमबाट मात्र यो सुविधा रहेकोमा हेलो सरकारले सूचना निकालेर उक्त जानकारी दिएको हो ।
अब नेपाल टेलिकम र एनसेल दुवै मोबाइल सेवाप्रदायकका प्रयोगकर्ताले हेलो सरकारको टोल फ्री नम्बर ११११ मा गुनासो सुनाउन सक्ने जनाइएको छ ।
त्यस्तै, ट्विटर, ह्वाट्सएप, भाइबर, इमेललगायतका माध्यमबाट पनि गुनासो टिपाउन सकिने उल्लेख छ । नागरिकको गुनासो सुन्न यस सेवालाई सरकारले चौबिसै घन्टा सञ्चालन गरिरहेको जनाएको छ ।